ad ad

राजनीति


राप्रपा अध्यक्ष थापाद्वारा सीमाबारे तत्काल भारतलाई पत्र लेख्न माग

राप्रपा अध्यक्ष थापाद्वारा सीमाबारे तत्काल भारतलाई पत्र लेख्न माग

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १२:२५,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सीमा अतिक्रमण सम्बन्धमा सरकारकाे पहलकदमी नभएकाे भन्दै आलाेचना गरेका छन्। भारतले कालापानीसहितको नेपाली भूमि समेटेर नक्शा बनाएको बारे अहिलेसम्म पनि नेपालले औपचारिक पत्र समेत नपठाएकोमा आलोचना गर्दै तत्काल पत्र पठाउन माग गरेका हुन्।

‘कालापानी, लिपुलेक अतिक्रमणवारे अहिलेसम्म नेपाल सरकारले भारतलाई 'औपचारिक पत्र' पठाएको वा त्यसवारे भारतीय राजदुतलाई बोलाएर बिरोध जनाएको देखिएन। चर्को भाषण गरेर, विज्ञप्ति निकालेर मात्र जनताको आँखामा छारो हाल्ने काम नहोस्। यसबारे वार्ता गर्न भारतलाई तत्काल औपचारिक पत्र पठाईयोस्।’ राप्रपा अध्यक्ष थापाले शुक्रबार ट्विटमा लेखेका छन्।

भारतले कात्तिक १६ गते नयाँ नक्शा जारी गर्ने क्रममा नेपाली भूमि समेत समेटेर सीमा कोरेको हो। नेपालका सबै दल, नागरिक समाज, आमजनता लगायतबाट त्यसको चर्को विरोध भएको छ। त्यसको केही दिनपछि परराष्ट्रले त्यसको विरोध गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले सोहि विषयमा छलफल गर्न सर्वदलीय बैठक राखेका थिए।

सो बैठकमा सबै दलले प्रधानमन्त्रीलाई भारतीय कदमको विरोध गर्दै सो विषय उच्चकुटनीतिक तहबाट समाधान गर्न सुझाव दिएका थिए। त्यसयता कुनै उल्लेख्य कदम चालिएको नदेखिएपछि सबैतिरबाट फेरि विरोध शुरु हुन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .