युएईमा जारी टी-१० क्रिकेट लिगमा शुक्रबार राति नेपाली राष्ट्रिय क्रिकेट टोलीका निर्वतमान कप्तान पारस खड्का र नेपाली टोलीका सदस्य सन्दीप लामिछानेको टोलीबीच प्रतिस्पर्धा हुदैँछ।
आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार राति ९:४५ मा सुरु हुनेछ।
सन्दीपले लगातार प्रतियोगितामा सबै खेल खेलि रहेपनि पारसले भने सुरुवाती दुई खेलपछि बाँकी खेलमा मौका पाएका छैनन्। सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ।पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
प्रतिक्रिया