सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा रहेका आफ्ना असहमति सार्वजनिक गरेका छन्।
बुधबार भएको मन्त्रिपरिषद हेरफेरमा अपनाइएको प्रक्रिया र व्यक्तिलाई लिएर बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा मार्फत नेता रावलले आफ्नाा असन्तुष्टिहरु प्रश्नका माध्यममा राखेका छन्।
मन्त्री हेरफेर सामान्य कार्य भए पनि हप्नाइएको प्रक्रिया र न्यक्तिले नेकपाका इमान्दार नेता र कार्यकर्ता सोचनीय र गम्भीरबनेको बताएका छन्। उनले संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई मन्त्री चयनमा संलग्न बनाएको, नेकपाको अपमान नै हुने गरी उपेन्द्र यादवलाई कानूनमन्त्री बनाएको, धन र पुँजीबाट समानुपातिक संसद बनेकालाई मन्त्री बनाएको, संविधानको समानुपातिक र न्यायको मर्मलाई आत्मासात नगरेको आरोप लगाएका छन्।
यस्ता छन् रावलका चार प्रश्न
१, संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष–विपक्ष) राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो?
२, नेकपालाई बलियो र विजयी बनाउन रगत–पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र क.पा.को उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिलाजस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?
३, विगतमा क. पा. विरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो?
४, संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त?
— Bhim Rawal (@BhimRawal179) November 21, 2019संलग्न रहेको देखिने कार्य किन गरियो ?
२.नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र क.पा.को उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला
रावल पार्टी अध्यक्ष केपी ओलीका कडा आलोचक मानिन्छन्। नेकपाको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका रावलले पार्टी एकतामा अपनाइएको प्रक्रिया, विधि, नेतृत्वको कार्यशैलीलाई लिएर अध्यक्ष ओली र प्रचण्डको आलोचना गर्दै आइरहेका छन्।

प्रतिक्रिया