कारोबार


माछापुच्छ्रे बैंकबाटै अस्ट्रेलियन डलर साट्न सकिने

माछापुच्छ्रे बैंकबाटै अस्ट्रेलियन डलर साट्न सकिने

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ११:५२,

माछापुच्छ्रे बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री सुरु गरेको छ। हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरी ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो।

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १ हजार ५ सय अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहे पनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन्।

सोही समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा र कन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यका भित्र रहेका निम्न शाखाहरु मार्फत अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको हो।

बैंकले काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँ बानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

माछापुच्छ्रे बैंकले आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरुमार्फत अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad