राजनीति


परराष्ट्रमन्त्री ज्ञवाली रुसी महासंघ र सर्विया जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली रुसी महासंघ र सर्विया जाँदै

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १२:४,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्ने भएका छन्। यही मंसिर ७ गते (शनिबार) उनी मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते त्यहाँ रुसी महासंघका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवालीले मंसिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रसिया सम्बन्ध तथा सहयोगबारेमा प्रवचन दिनेछन् भने रसियाका राजनीतिक नेतृत्व र गैरआवसीय नेपाली संगठनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन्।
भ्रमणको दोस्रो चरणमा मन्त्री ज्ञवाली मङ्सिर ११ गते बेल्ग्रेड पुग्नेछन्। नेपाल र तत्कालीन युगोस्लाभियाअर्थात् सर्वियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेको छ। सर्वियामा रहँदा उनले त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डाकिकसँग द्विपक्षीय वार्ता गर्नेछन्।

बेलग्रेडमा उनी स्थानीय उद्योग वाणिज्य संघ तथा यात्रा र पर्यटन व्यवसायीसँग लगानी प्रवद्र्धनका कार्यक्रममा सहभागी हुनेछन्।

मन्त्री ज्ञवाली नेतृत्वमा रुसी महासंघको भ्रमण गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव शंकरदास वैरागी, रुसी महासंघका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा अन्य सरकारी अधिकारी सहभागी हुनेछन्। सर्विया भ्रमणदलमा सचिव वैरागीसहित उक्त देशका लागि नेपालका गैरआवासीय राजदूत रमेशप्रसाद खनाल र अन्य सरकारी अधिकारी रहनेछन्।

यही मंसिर १४ गते मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल सर्वियाबाट स्वदेश फर्कनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad