प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्रै मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा ल्याइने बताएका छन्।
सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले आगामी चैत मसान्तभित्रै मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा ल्याइने बताएका हुन्।
गत असारमा आएको बाढीले पुरिएको आयोजनाको हेडवक्र्स र भत्किएका सडक पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याइने प्रधानमन्त्रीको भनाइ थियो।
मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ। आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै बताइसकेको छ।
60
Shares

प्रतिक्रिया