ad ad

राजनीति


एमाले कञ्चनपुर : नयाँ नेतृत्वको लागि एक मत गर्न २० मिनेट!

एमाले कञ्चनपुर : नयाँ नेतृत्वको लागि एक मत गर्न २० मिनेट!

गोकुल जोशी
पुस २७, २०७८ मंगलबार २२:९, काठमाडौँ

निर्धारित समय भन्दा ढिलो गरी सुरु भएको नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि महेन्द्रनगरस्थित पार्टी कार्यालयमा मतदान जारी छ। 

सहमतिमा नेतृत्व टुंग्याउन लामो समय उम्मेदवार र पार्टी नेतृत्वबीच छलफल भए पनि सफल नभए पछि मतदान भइरहेको हो।

एक जनालाई मतदान गर्न १५/२० मिनेट समय लागिरहेको नेता नरेश सिंहले बताए।

‘पदाधिकारी सहित एक जनाले १२० उम्मेदवारलाई मत दिनु पर्ने भएकाले समय लागिरहेको छ,’ उनले भने, ‘राति १२÷१ बजेसम्म मतदान सकिन्छ।’

उनका अनुसार अहिलेसम्म आधा अर्थात २५० मत मात्रै खसेको छ। प्रतिनिधिहरु मतदान गर्नका लागि लाइनमा बसेका छन्।

निर्वाचन प्रक्रिया सुरु भए पनि सहमति खोज्न मंगलबार नेताहरु अन्तिम कसरतमा थिए। सहमति खोज्न मतदानको कार्यक्रम बिहानबाट लम्बिएको थियो। 

तर सहमति जुट्न नसक्दा मंगलबार बेलुका ५ बजेबाट मतदान सुरु भएको थियो। 

वर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्टबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ। उनीहरु प्यानल सहित चुनावी मैदानमा छन्।

थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द र उपसचिवमा शेरबहादुर चन्द उम्मेदवार रहेका छन्।

यस्तै विष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द चुनावी मैदानमा छन्। ५ सय जना मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .