राजनीति


भारतबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्रीलाई जनताले माफ गर्दैनन्ः सीपी मैनाली

 भारतबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्रीलाई जनताले माफ गर्दैनन्ः सीपी मैनाली

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १२:१२,

नेकपा मालेका महासचिव सीपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने बताएका छन्।

महासचिव मैनालीले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई गम्भीर भएर लाग्न पनि आग्रह गरे।

भारतले सीमा मिचेको विरोधमा आइतबार पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध प्रर्दशनमा बोल्दै उनले दुई मुलुकबीचको सीमा समस्या समाधान अव पनि नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई पनि अस्वीकार गर्ने बताए।

महासचिव मैनालीले विज्ञहरुले पटक पटक दिएको सुझाबलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने पनि स्पष्ट पारे।

प्रर्दशनीमार्गबाट सुरु भएको विरोध प्रर्दशन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad