राजनीति


पोखरामा प्रचण्डको उद्घोषः कम्युनिस्टहरुको विजय यात्रालाई कसैले रोक्न सक्दैन

पोखरामा प्रचण्डको उद्घोषः कम्युनिस्टहरुको विजय यात्रालाई कसैले रोक्न सक्दैन

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ११:२७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरुको विजय यात्रालाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन्।

 शुक्रबार पोखरामा आयोजित जिल्लास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले कम्युनिस्ट पार्टीको विजय यात्रालाई रोक्न खोजे पनि सफल नहुने दावी गरेका हुन्।

 कास्की क्षेत्र नं. २ को उपनिर्वाचनलाई लक्षित गरी आयोजित प्रशिक्षण कार्यक्रममा उनले विजयको यात्रा अगाडि बढीसकेको बताए। ‘कम्युनिस्टहरुलाई अब बिजय यात्रामा कसैले रोक्न सक्दैन’, उनले भने, ‘यो अगाडि बढीसक्यो।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले उपनिर्वाचनले देशभरिका नेता, कार्यकर्ता र जनतामा नयाँ ऊर्जा दिएको बताए। उपनिर्वाचनले सिंगो पार्टी एकता पूरा गर्न र पार्टीलाई सुदृढ गर्न मद्दत गर्ने उनको दावी थियो। उनले नेतालाई जनताबाट सिक्न पनि यो उपनिर्वाचन एक अवसर भएको बताए।

उनले निर्वाचनको क्रममा पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरुको जनतामा सम्प्रेषण गर्न कार्यकर्तालाई निदृेशन समेत दिए। विश्वमै रक्षात्मक स्थितिमा रहेको कम्युनिस्ट आन्दोलनको बीचमा नेपालबाट शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण हुँदा संसारका प्रतिक्रियावादीहरु यसविरुद्ध निकै ठूला ठूला तानाबाना बुनिरहेको उनको भनाइ थियो।

‘यो शक्ति प्रतिक्रियावादीको दयामायाले दिएर भएको होइन, ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको हो’, उनले भने ‘दुई ठूला कम्युनिस्ट पार्टीहरूबीच एकता नगरेको भए यो असाधारण गुणात्मक प्रगतिको सुरूवात हुँदैन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad