ad ad

राजनीति


छिन्ताङका शहीद परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

छिन्ताङका शहीद परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार १५:३३,

प्रदेश नं १ सरकारले छिन्ताङ घटनाका १६ शहीद परिवारलाई प्रतिपरिवारलाई रु पाँच लाख प्रदान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले २०३६ सालमा भएको हत्याकाण्डमा मारिएका परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

यसैगरी, बैठकले झापा, मोरङ, पाँचथर, धनकुुटा, ओखलढुङ्गा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत रहने गरी प्रदेश लेखा एकाइ स्थापना गर्ने निर्णय भएको छ भने धरानमा स्थापित वन निर्देशनालयमा दशौँ तहका रवीन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने निर्णय भएको सल्लाहकार सुवेदीले बताए।

कात्तिक २९ गते सुनसरीको धरानमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भव्यरुपमा सफल बनाउने पनि निर्णय भएको सल्लाहकार सुवेदीले बताए। साथै भर्खरै पदमुक्त भएको प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङलाई धन्यवाद दिने निर्णय भएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .