व्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री रूप ज्योति ठगी आरोपमा पक्राउ परेका छन्।
बिहीबार साँझ महानगरीय प्रहरी परिसरको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
सिंगापुरबाट नेपाल फर्कँदै गदरेका ज्योती एयरपोर्टमा पक्राउ परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले नेपालखबरलाई बताए।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिरमा अनुमति दिएको थियो।
तर उनी त्यसविरुद्ध मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।
सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको हो।
ज्याेति सञ्चालक रहेकाे सिई कन्स्ट्रक्सनले निर्माण गरेकाे ल्यान्डमार्क हाउजिङका लागि जाहेरीकर्ता विकेन्द्रकृष्ण मल्लले २ कराेड २७ लाख रूपैया दिएकाे र पछि फिर्ता नगरेकाे अभियाेग लगाएका छन्।
प्रतिक्रिया