नेपाली कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको भन्दै कुनैपनि भूमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण अस्वीकार्य रहने बताएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार वक्तव्य जारी गरी यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने बताएका छन्।
सो सम्बन्धमा सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गरेका प्रवक्ता शर्माले जानकारी दिएका छन्।
संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराएको शर्माले बताए।
भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै प्रवक्ता शर्माले ट्विटमार्फत पार्टीको औपचारिक धारणा सार्वजनिक गरेका थिए।
प्रतिक्रिया