राष्ट्रिय जनमोर्चाले बाग्लुङ २(ख) प्रदेश सभा सदस्यको निर्वाचनका लागि खिमविक्रम शाहीको उम्मेदवारी घोषणा गरेको छ। शाही नेकपाको समर्थनमा वाम गठबन्धनको उम्मेद्वार हुन्।
आगामी मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले बाग्लुङ २(ख)मा प्रदेश सभा सदस्यको उम्मेद्वारका रुपमा शाहीलाई अगाडि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन्।
सो स्थानमा यसअघि पनि राजमो नेता टेकबहादुर घर्ती निर्वाचित भएका थिए। घर्तीको निधनपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो। नेकपा र राजमोबीच चुनावी तालमेल गर्ने सहमति अनुसार सो स्थानमा नेकपाले राजमोलाई समर्थन गर्ने घोषणा गरेको थियो। नेकपाले यसअघि कास्की क्षेत्र नं २ मा विद्या भट्टराई, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाल (डिपी) लाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। ति स्थानमा राजमोले नेकपालाई सघाउनेछ।
यस्तै, प्युठानको ऐरावति गाउँपालिकाको २ नं. वडा अध्यक्षको लागि राजमोले भक्त बहादुर विकलाई उम्मेदवार बनाउने बनाउने भएको छ।
मंसिर १४ मा विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया