इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
भाइरल मेयरको रुपमा चिनिएका चौधरीले थारु कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन्। नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका अध्यक्ष समेत भएर काम गरेका चौधरीले आसन्न एमालेको १० औँ महाधिवेशनमा उम्मेदवारी दिने बताएका हुन्।
‘मेयर हुनु अगाडि पार्टीको जिल्ला नेतृत्व लिएर चलाएको त तपाईंलाई पनि थाहा छँदै छ’ चौधरीले भने, ‘तँ केन्द्रीय सदस्य हुँदैनस् भनेर कसैले भन्न सक्ने स्थिती छैन, त्यसैले लगभग केन्द्रीय सदस्य हुने निश्चित छ।’
चौधरीले थपे, ‘महाधिवेशनमा थारु कोटाबाट जम्मा ४ जना निर्वाचित हुने व्यवस्था छ। २ महिला २ पुरुष हुन्छन्, त्यसैले पनि मेरो सम्भावना छ।’
972
Shares
प्रतिक्रिया