राजनीति


साउदको क्षेत्रमा लेखक प्यानलका महाधिवेशन प्रतिनिधि पनि ‘क्लिन स्वीप’

साउदको क्षेत्रमा लेखक प्यानलका महाधिवेशन प्रतिनिधि पनि ‘क्लिन स्वीप’

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १५:३७, काठमाडौँ

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता एनपी साउदको क्षेत्रमा अर्का पूर्वमन्त्री रमेश लेखक प्यानलका सबै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

पराजित हुनेमा संविधानसभा सदस्यदेखि जिल्ला सभापतिसम्म रहेका छन्।

कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। 

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलबाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिष्पर्धामा उत्रिएका सभापति बोहराले २४४ मत पाएका छन्। क्षेत्र नम्बर २ मा ५ सय ८ मध्ये ५ सय ४ मत खसेको थियो। 

नेता लेखकका विश्वासपात्र मानिने बोहरासँगै उनको प्यानलबाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ प्रतिष्पर्धा गरेका सबै पराजित भएका छन्। 

उक्त प्यानलमा रहेका संविधानसभा सदस्य बलदेव बोहरा, कांग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहरा, नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष सिद्धराज भट्ट पराजित भएका हुन्।
५ सय २ सदर मतमध्ये संविधानसभा सदस्य बोहराले १ सय ९०, पूर्व जिल्ला सचिव बोहराले २ सय १३ र भट्टले २ सय ६ मत पाएका छन्। 

कञ्चनपुर–२ बाट खुलातर्फ संविधानसभा सदस्य बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, दलबहादुर बोहरा, लोगबहादुर देउवा, पुस्करराज ओझा, दुर्गाप्रसाद भट्ट, मीनबहादुर सिंह, उद्धव बोहरा र टीका बैज महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

एनपी साउदको क्षेत्रमा रमेश लेखकको प्यानल ‘क्लिन स्वीप’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad