कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा नेता रमेश लेखकको प्यानल ‘क्लिन स्वीप’ भएको छ।
मतपरिणाम अनुसार क्षेत्रीय कार्यसमितिमा नेता एनपी साउदको प्यानलले लेखक प्यानललाई ‘क्लिन स्वीप’ गरेको हो।
क्षेत्र नम्बर २ का साउद प्यानलका लालबहादुर सिंह दोब्बरभन्दा बढी मतान्तरले क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।
उनले लेखक प्यानलका उम्मेदवार नवराज जोशीलाई १ सय ८४ मतान्तरले पराजित गरेका छन्। सिंहले खसेको ५ सय ४ मतमध्ये ३ सय ४१ र जोशीले १ सय ५७ मत पाएका छन्।
सचिवमा साउद प्यानलका गणेशबहादुर सिंह ३ सय ५० र थानेश्वरप्रसाद भट्ट ३ सय ३१ मतसहित विजयी भएका छन्।
लेखक प्यानलका उम्मेदवारहरु घनश्याम जोशी र नारायण बोहराले क्रमशः १ सय ३० र १ सय ३१ मत ल्याएका छन्।
साउद प्यानलकै काशीराम भाट ३ सय १५ मत र रमेशप्रसाद भट्ट २ सय ७६ मतसहित सहसचिवमा निर्वाचित भएका छन्।
लेखक प्यानलका जयबहादुर ऐरले १ सय ८२ र प्रदीप खड्काले १ सय ५० मत ल्याएका छन्। क्षेत्र नम्बर २ मा लेखक प्यानलका सबै उम्मेदवार पराजित भएका युवा नेता हिक्मत भण्डारीले जानकारी दिए।
Shares

प्रतिक्रिया