नागरिक अभियन्तासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नेकपा एमालेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालविरुद्ध कटाक्ष गरेका छन्।
‘माधव नेपाललाई विश्वासघात गरी ओलीमा विलय भएका’ उनीहरू अहिले ‘राम्रो देखिन अभिनय गरिरहेको’ आरोप संग्रौलाले लगाएका हुन्।
नयाँ नेतृत्व चयनका लागि यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि उपाध्यक्ष रावलले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै गत आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने उपहासचिव भुसाल पनि ‘शक्तिशाली पद’मै उम्मेदवारी दिने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ।
यसैलाई संकेत गर्दै वरिष्ठ लेखक संग्रौलाले कडा शब्दमा उनीहरूको आलोचना गरेका हुन्।
‘पहिले भुसाल–रावल माधवलाई ओली प्रवृत्तिविरुद्ध उक्साउँदै कान्लामुनि खसाएर विश्वासघात गरी आफैं ओली प्रवृत्तिमा विलय भए। अहिले राम्रो हुन यत्न गर्ने मिति गुज्रिएपछि राम्रो देखिने अभिनयमा लिप्त छन्’, संग्रौलाले मंगलबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘यो मिथ्या अभिनय यी दुःखीको कारूणिक प्रहसन हो। र, हो यो यिनको भ्रामक रूपवाद पनि।’
Shares

प्रतिक्रिया