राजनीति


अदालतमा महरामाथिको थुनछेक बहस सुरु

अदालतमा महरामाथिको थुनछेक बहस सुरु

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ६:४८,

बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो।

महरामाथि संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार गर्न खाेजेकाे आरोप लागेकाे थियाे। साे लगत्तै महरा पक्राउ परेका थिए।

उनलाई सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ ।

थुनछेक बहस सकिएपछि महरा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ।

भिडियाे हेर्नुहाेस्ः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad