कारोबार


हरिभक्त सिग्देल माछापुच्छ्रे बैंकको सञ्चालकमा नियुक्त

हरिभक्त सिग्देल माछापुच्छ्रे बैंकको सञ्चालकमा नियुक्त

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ६:४४,

माछापुच्छ्रे बैंकमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको सञ्चालक पदमा हरिभक्त सिग्देल नियुक्त भएका छन्। उनलाई बैंकको यही कात्तिक ८ गते बसेको सञ्चालक समितिको ४०८औं बैठकले आगामी वार्षिक साधारणसभासम्मको लागि नियुक्त गरेको हो।

नवनियुक्त सञ्चालक सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।

माछापुच्छ्रे बैंक पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरुमार्फत ग्राहकमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad