राजनीति


उपनिर्वाचन : गुल्मीमा नेकपाले ताेक्याे उम्मेदवार

उपनिर्वाचन : गुल्मीमा नेकपाले ताेक्याे उम्मेदवार

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ४:१७,

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि गुल्मीमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारको टुंगो लगाएको छ।

गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ मा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको हो।

नेकपा गुल्मी जिल्ला कमिटीका सचिव वीरबहादुर कार्कीका अनुसार सिञ्जाली सोही वडाका वडासदस्य हुन्। उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने भएको हो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाएको छैन। अबको केही दिनभित्रै उम्मेदवारको टुंगो लगाइने कांग्रेस गुल्मी जिल्ला समितिले जनाएको छ।

पूर्वएमालेबाट विजयी रुरु गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साउन १३ गते निधन भएपछि उक्त स्थान रिक्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad