खेल


एमसीसीसँग खेल्ने नेपाली टोली घोषणा, पारसलाई आराम

एमसीसीसँग खेल्ने नेपाली टोली घोषणा, पारसलाई आराम

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ३:५९,

इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको शृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

बिहीबार ज्ञानेन्द्र मल्लको कप्तानीमा तीनै फर्म्याटको क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको हो।

73495259 776738956088926 5304565939507822592 n

एमसीसीले नेपालसँग टी-२०, ५० ओभरको र प्रथम श्रेणीको क्रिकेट खेल्नेछ। पूर्व कप्तान पारस खड्का तीनमध्ये दुई फर्म्याटमा आराम दिइएको छ। पारसले ५० ओभरको खेलमात्रै खेल्नेछन्। पारसले यसअघि राष्ट्रिय टिमको कप्तानीबाट राजीनामा दिँदै केही समय आफूले आराम गर्न चाहेको बताएका थिए।

एमसीसीले नोभेम्बर ३ देखि ९ सम्म नेपाली राष्ट्रिय टोली, यू–१९ टोलीसँग खेल्नेछ। नोभेम्बर ३ मा नेपालको यू १९ र एमसीसीबीच ५० ओभरको खेल हुनेछ।

यस्तै नोभेम्बर ४ मा नेपाली र एमसीसीबीच ५० ओभरको खेल हुनेछ। यस्तै नोभेम्बर ६ देखि ८ सम्म नेपाली राष्ट्रिय टोली र एमसीसीबीच ३ दिवसीय प्रथम श्रेणीको क्रिकेट हुनेछ।

एमसीसीले अन्तिम खेलका रुपमा नोभेम्बर ९ मा यू १९ र राष्ट्रिय टोलीको मिक्स टोलीबीच खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad