ad ad

राजनीति


अपडेटः बिहानै गरियो प्रधानमन्त्री ओलीको दोस्रो ‘डायलासिस’

अपडेटः बिहानै गरियो प्रधानमन्त्री ओलीको दोस्रो ‘डायलासिस’

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ७:४२,

 प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस बिहीबार बिहान ग्रान्डी अस्पतालमा भएको छ।

बुधबार बिहान ग्रान्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको सोही दिन दिउँसो पहिलो पटक डायलासिस गरिएको थियो।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बिहीबार बिहान उनको दोस्रो पटक डायलासिस गरिएको जानकारी दिए। बुधबार दिउँसो पहिलो डायलासिस गरिएपछि हिजो राती वा आज बिहानै दोस्रो गर्ने तयारी थियो। प्रधानमन्त्रीको पहिलो डायलासिसको सूचना पनि गोप्य राखिएको थियो।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार ओलीको दोस्रो डायलासिस बिहीबार बिहान ९ बजे सुरु गरिएको थियो।

‘प्रधानमन्त्रीलाई बिहान ९ बजे डायलासिस गर्न अर्को कोठामा लगिएको हो, करिब दुई घण्टामा डायलासिस गरिएको थियो’, सचिवालयका ती सदस्यले भने, ‘यो चरणको यो नै अन्तिम डायलासिस हो, उहाँ आजै डिस्चार्ज हुनुहुन्छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि बिहान एक कोठाबाट अर्को कोठामा सार्ने क्रममा प्रधानमन्त्रीसँग भेट भएको बताए। उनले प्रधानमन्त्रीले आफू आजै फर्किने भन्ने जानकारी गराएको बताए।

‘प्रधानमन्त्रीलाई एक ठाउँबाट अर्को स्थानमा लैजाँदै गर्दा मेरो भेट भएको थियो, उहाँले ठट्टा गर्नु भयो र आजै फर्किने बताउनु भयो,’ अर्यालले भने।

तर, डायलासिस भए वा नभएको बारेमा अर्यालले थप जानकारी दिएनन्।

‘उहाँ आजै दिउँसो बालुवाटार फर्किनु हुन्छ’ अर्यालले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .