कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ।
बुधबार बेलुकी प्रहरीले चलाएको गोली लागेर कृष्णनगर निवासी २० वर्षका सुरज कुमार पाण्डेको मृत्यु भएको हो।
लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा दुई पक्षबीच विवाद भएपछि कृष्णनगर क्षेत्र तनावग्रस्त बनेको थियो। प्रहरीले स्थिति नियन्त्रण लिन गोली चलाउने क्रममा सुरजलाई गोली लागेको प्रत्यक्षदर्शीले जनाएका छन्।
मुर्ति बिसर्जनका विषयलाई लिएर हिन्दु–मुस्लिम बिवाद बढेपछि स्थानीय प्रशासनले अहिले ११ बजेबाट अनिश्चितकालन कार्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ जानकारी दिए।
कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ।
प्रतिक्रिया