राजनीति


माओवादीबाट मन्त्री बन्न लागेका चारैजना नयाँ अनुहार

माओवादीबाट मन्त्री बन्न लागेका चारैजना नयाँ अनुहार

नेपालखबर
असोज २०, २०७८ बुधबार २०:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्न लागेका चारैजना सरकारमा नयाँ अनुहार हुन्। उनीहरु चारैजनालाई माओवादीले पहिलो पटक मन्त्री बनाउन लागेको हो। 

देवेन्द्र पौडेल, महेश्वरजंग गहतराज, शशी श्रेष्ठ र बोधमाया यादव पहिलो पल्ट मन्त्री बन्न लागेका हुन्। 

पौडेल, गहतराज र श्रेष्ठले शिक्षा, खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमध्ये एक एक जिम्मेवारी पाउनेछन्। बोधमायाको मन्त्रालय टुंगिसकेको छैन।

बुधबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले चारैजना नेतालाई नयाँ अनुहारका रुपमा सरकारमा पठाउने निर्णय गरेको हो ।

यसअघि असार २९ प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिँदा अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी लिइसकेका छन्। 

यीमध्ये भुसाल तेस्रो पटक मन्त्री बनेकी हुन्। शर्माले योसँगै चौथो पटक मन्त्री बन्ने मौका पाइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .