राजनीति


विरोध प्रदर्शन गरिरहेका किसानमाथि यसरी गुडाइयो गाडी, प्रियंका गान्धीले सेयर गरेको भिडिओ भाइरल

विरोध प्रदर्शन गरिरहेका किसानमाथि यसरी गुडाइयो गाडी, प्रियंका गान्धीले सेयर गरेको भिडिओ भाइरल

नेपालखबर
असोज १९, २०७८ मंगलबार ९:४७, काठमाडौँ

भारतको उत्तर प्रदेश राज्यअन्तर्गत लखिमपुर खिरी भन्ने स्थानमा आइतबार विरोध प्रदर्शन गरिरहेका किसानको भीडमा एउटा गाडी अन्धाधुन्ध गुडाउँदा केही किसानको मृत्यु भएको छ।

त्यसरी गाडीले हानेर हत्या गरेको अभियोगमा भारतका केन्द्रीय मन्त्री अजय मिश्रका छोरा आशीष मिश्रलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको छ। 

यसैबीच त्यस दिन किसानमाथि गाडी चढाएको भिडिओ सार्वजनिक भएको छ। किसानलाई ठक्कर दिँदै हिँडेको गाडीको त्यो भिडिओ कांग्रेस नेता प्रियंका गान्धीले ट्विटरमा सेयर गरेकी छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा गाडीको ठक्करले किसान भुइँमा पछारिएको देखिन्छ। 

यो पनि :

भारतमा कांग्रेस नेता प्रियंका गान्धी पक्राउ

भारतमा राज्यमन्त्रीका छोराले आन्दोलनरत किसानमाथि गाडी कुदाए, ८ जनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .