कारोबार


फलामे छडको मूल्य घट्यो

फलामे छडको मूल्य घट्यो

नेपालखबर
असोज १९, २०७८ मंगलबार ९:४१, काठमाडौँ

छडमा लाग्दै आएको अन्तःशुल्क सरकारले हटाएसँगै फलामे छडको मूल्य घटेको छ। नेपाल फलामे छड उत्पादन संघले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्क सरकारले छुट दिएकाले छडको मूल्य घटाइएको जनाएको छ।

संघले विज्ञप्ति जारी गरेर संघमा आबद्ध उद्योगलाई छडमा प्रति किलो चार रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको हो।

सरकारले बजेटमै भन्सारसँगै अन्तःशुल्कमा छुट दिएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको अध्यक्ष साहिल अग्रवालले जानकारी दिए।

‘नेपाल सरकारले गएको भदौ २५ गते ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थाको हामी स्वागत गर्दछौँ। यो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रति केजी चार रुपैयाँले घट्न जाने जानकारी गराउदछौँ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजेटपछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र त्यसबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी चार रुपैयाँ घटाइ फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीलाई अनुरोध गर्दछौँ।’

मूल्य नघटाउँदा अहिले बजारमा छड क्वीन्टल खुद्रा झण्डै नौ हजार पाँच सयमा कारोबार भइरहेको व्यवसायीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .