राजनीति


भारतमा राज्यमन्त्रीका छोराले आन्दोलनरत किसानमाथि गाडी कुदाए, ८ जनाको मृत्यु

भारतमा राज्यमन्त्रीका छोराले आन्दोलनरत किसानमाथि गाडी कुदाए, ८ जनाको मृत्यु

राज्यमन्त्री अजय मिश्रका छोराको गाडीले हानेपछि घाइते भएर जमिनका लडेका किसान। तस्बिर : दैनिक भास्कर।


नेपालखबर
असोज १८, २०७८ सोमबार ६:१०, काठमाडौँ

भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रले विरोध प्रदर्शन गरिरहेका किसानमाथि गाडी कुदाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यी किसानले उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको विरोध गरिरहेका थिए। घटनामा ८ जनाको मृत्यु भएको छ।

लखिमपुर खिरीका एएसपी अरुणकुमार सिंहले ८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। 

राज्यमन्त्रीका छाेराले गाडीले पेलेपछि घाइते अर्का किसान

उता आइतबार अबेर राति गृहराज्यमन्त्री अजय मिश्रले भने घटनामा आफ्नो छोराको संलग्नता अस्वीकार गरेका छन्। 

आक्रोशित किसानले जलाइदिए त्यो गाडी​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .