राजनीति


प्रचण्डलाई बाबुरामको प्रश्न : मदन भण्डारी र तपाईं एउटै आमाको सन्तान हो?

प्रचण्डलाई बाबुरामको प्रश्न : मदन भण्डारी र तपाईं एउटै आमाको सन्तान हो?

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ३:५५,

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई ‘तपाईं र मदन भण्डारी एउटै आमाको सन्तान पनि हो कि?’ भनेर व्यंग्यात्मक प्रश्न गरेका छन्।

शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफू ओरिजनल माओवादी नभएको अभिव्यक्ति दिएको प्रसंगमा डा.भट्राईले ‘तपाईं ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो?’ भन्ने प्रश्न पनि गरेका छन्।

डा.भट्राईले शुक्रबार राति ट्वीट गर्दै प्रचण्डको ओरिजिनल र डुप्लीकेट अवतारलाई अवसरवादको रुपमा चित्रण गरेका छन्।

प्रचण्डलाई आफ्ना परम मित्र भन्दै उनले प्रश्न सोधेका छन्, ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो? यो तालले त कुनै दिन तपाईंले आफुलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला। किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो।’

‘पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि ओरिजनल हुने कुरा भएन’ भट्टराईले प्रचण्डलाई प्रश्न गर्दै भनेका छन्, ‘आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने?’

डा.भट्टराई अगाडि लेख्छन्, ‘अनि तपाईंले आफुलाई चौम को मदन भण्डारी पनि भन्न भ्याउनु भएछ! पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि हो भन्ने हो कि? यसरी माछा देखे भित्र हात, सर्प भए बाहिर हात कहिलेसम्म?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad