छापा खबर


प्रचण्डले भने : यी हुन् मदन भण्डारी र मबीच समानता

प्रचण्डले भने : यी हुन् मदन भण्डारी र मबीच समानता

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ३:३३,

नेकपा माले जो कोअर्डिनेसन केन्द्र हुँदै विभिन्न कम्युनिस्ट समूहलाई आफूभित्र पचाउँदै नेकपा माले र नेकपा मालेबाट ०४६ सालको ऐतिहासिक जनआन्दोलनसम्म आउँदा नेकपा एमाले बन्यो र त्यहाँ जनताको बहुदलीय जनवादको कार्यक्रम, नीति हुँदै त्यसलाई विचारसम्म विकास गर्ने कोसिस भयो। हामी संकीर्णताबाट मुक्त हुन जरुरी ठानेर यो कुरा गर्दै छु।

नेकपा माले कोअर्डिनेसन केन्द्र ०२८ सालका झापा विद्रोहसँग सम्बन्धित भएर, नेकपा माले बन्यो । ०२८ बाट ०३३ सम्म आउँदा माले बन्नुभन्दा ठीक अगाडि विभिन्न समूहबाट नेता–कार्यकर्ता क्रान्तिकारी स्पिरिट भएका मान्छे आकर्षित भए । त्योमध्ये एउटा टिम र नेतृत्व थियो, पुष्पलाल समूहबाट आएर नेकपा माले गठनको प्रक्रियामा कोकेमा सामेल हुनेमा कमरेड मदन भण्डारी, कमरेड जिवराज आश्रित, कमरेड वामदेव गौतमलगायत थिए । केही वर्षभित्रै कमरेड मदन भण्डारीलाई नेकपा मालेले राम्रैसँग आत्मसात गर्‍यो। उनकाे याे भनाइ आजको नयाँ पत्रिकामा छापिएकाे छ। 

उहाँको क्षमता, गतिशीलता, सिर्जनशीलता, लोकप्रियता सबैलाई आत्मसात गर्‍यो र २०४६ को ऐतिहासिक जनआन्दोलन हुँदा नहुँदै उहाँ पार्टीको सर्वसम्मत महासचिव बन्नुभयो र जनआन्दोलनपछि सर्वाधिक लोकप्रिय जननेताको रूपमा स्थापित हुनुभयो । मेरो प्वाइन्ट के छ भने कमरेडहरू, उहाँ ओरिजिनल माले होइन उहाँ, ओरिजिनल कोके होइन, कमरेड मदन भण्डारी, ओरिजिनली त सर्वाधिक नेताको रूपमा सिपी मैनालीलाई मानिन्थ्यो । तर, आज उहाँ कहाँ हुनुहुन्छ, मदन कहाँ हुनुहुन्छ । उहाँलाई आत्मसात् गर्न कसैले कञ्जुस्याइँ गरेन।

यो कुरा भन्न मन लाग्नुको कारण के छ भने कहिले काँही विचित्रको संयोग हुँदो रहेछ । म पनि ओरिजिनल चौथो महाधिवेशन वा ओरिजिनल मशाल या ओरिजिनल माओवादी होइन । तपाईंहरूलाई ओरिजिनल नै होलाजस्तो लागेको होला, म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो भन्न चाहन्छु । म पनि पुष्पलाल समूहमै थिएँ। मैले ०२८ मा पार्टी सदस्यता लिएको पुष्पलालबाट हो ।

र, म पनि ०३३ सालमा पुष्पलाल समूह छोडेर मोहनविक्रम सिंहले नेतृत्व गरेको समूहमा प्रवेश गरेको मान्छे हुँ म । ०४१ सालमा भएको पाँचौँ महाधिवेशनपछि मलाई केन्द्रीय समितिमा ल्याइयो। ०४६ सालको जनआन्दोलनभन्दा ठीक अगाडि जतिवेला मदन भण्डारी मालेको महासचिव हुनुभयो, म त्यति नै वेला म पनि मशालको महासचिव बनेँ । यो कुरालाई विचार गर्नुहोला, म धेरै केही भन्दिनँ, तर यो कुन संयोग हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad