प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (बिहीबार) बिहान सर्वदलीय बैठक बस्दै छ।
संघीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्यबारे छलफलका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आयोजना गर्ने भएका हुन्।
बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्दै छ।
बैठकमा ककसलाई निमन्त्रणा?
बैठकमा संसदमा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ।
तत्कालीन अवस्थामा आफ्ना सांसद रहेका माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट कारबाही गरी पत्र पठाउँदा पनि सभामुख अग्नि सापकोटाले निर्णय कार्यान्वयन गरी सूचना टाँस नगरेको भन्दै एमालेले गत भदौ २३ देखि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैका बैठक निरन्तर अवरोध गरिरहेको छ।
सभामुखले कारबाही नगर्ने तथा तिनै १४ सांसदको हस्ताक्षरलाई मान्यता दिएर निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता गरेको भन्दै एमाले रुष्ट छ। यसविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा मुद्दासमेत हालेका छन्। तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।
Shares

प्रतिक्रिया