कश्मिरमाथि लगाइएको प्रतिबन्ध कहिलेसम्म भन्दै बिहीबार सर्वोच्चले भारतको सरकारलाई प्रश्न गरेको बीबीसीहिन्दीले जनाएको छ।
सार्वोच्चले प्रश्न गरेको छ,‘जम्मु कस्मिरको विशेषाधिकार हटाएपछि सरकारले कहिलेसम्म त्यहाँ प्रतिबन्ध लगाउन चाहन्छ?’
बीबीसीहिन्दीका अनुसार सार्वोच्चले दुई महिनादेखि कस्मिरमा प्रतिबन्ध लागेको बताउँदै सरकारले यस विषयमा आफ्नो धारणा स्पष्ट बताउनु पर्ने बताएको छ। समस्या समधानको विकल्प खोजिनुपर्ने सर्वोच्चको ठहर रहेको छ।
जम्मु कस्मिरमा लगाइएको प्रतिबन्धबारे आगामी सुनुवाई नोभेम्बर पाँच तारिखमा हुने जनाएको छ।
जम्मु कस्मिरका विभिन्न स्थानमा इन्टरनेट, टेलिफोन लगायतका सेवाहरु प्रतिबन्ध लगाइएका छन्।

प्रतिक्रिया