कारोबार


बजार अनुगमनमा चिनियाँ अधिकारीलाई सहभागी गराउन पहल

बजार अनुगमनमा चिनियाँ अधिकारीलाई सहभागी गराउन पहल

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ८:५६,

संसदीय समितिले चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन पहल गर्ने भएको छ।

संघीय संसद अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित संरक्षण समितिले बिहीबार चीनका राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङ जुन नेतृत्वको टोलीसँग सिंहदरबारमा बजार अनुगमनबारे अनुभव आदानप्रदान गरेपछि चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनका सहभागी गराउन पहल गर्ने प्रतिवद्धता जनाएको हो। समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समय मिलाएर चिनियाँ अधिकारहरुसँगै संयुक्त टोली बनाएर नेपालको बजार अनुगमन गर्न पहल गर्ने निष्कर्ष बैठकमा निकालिएको पनि बताए।

बैठकमा चिनियाँ बजार अनुगमन उपमन्त्री जुनले चिनियाँ बजारको अनुगमनको अनुभव सुनाएका थिए भने समितिका सदस्यहरुले नेपालको बजार अनुगमनबारे जानकारी गराएका थिए। चिनियाँ टोलीले चीनको बजार अनुगमनका लागि आउन पनि समितिका सभापति श्रीवास्तावलाई निमन्त्रणा गरेको थियो। बैठकमा दुवै पक्षबीच खाद्य सम्प्रभुताका विषयमा पनि छलफल भएको थियो। त्यस अवसरमा समितिका सभापति श्रीवास्तवले चीनको बजार अनुगमनको अनुभव सेयर गरेकोमा चिनियाँ प्रतिनिधिमण्डलप्रति आभार पनि व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad