ad ad

राजनीति


'माधव चोइटिएर जाँदैमा एमाले सानो हुँदैन, पिलो निचोरिएर मान्छेको तौल घट्दैन'

'माधव चोइटिएर जाँदैमा एमाले सानो हुँदैन, पिलो निचोरिएर मान्छेको तौल घट्दैन'

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १६:१२, काठमाडौँ

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन्। एमाले-माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकीकृत पार्टी भएको उनले दाबी गरेका हुन्।

मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा पूर्व माओवादीका पनि नेता कार्यकर्ता रहेको भन्दै यस्तो दाबी गरेका हुन्।

‘अदालतले एकता भंग गरेको होइन, पार्टी दर्ता भंग गरेको हो । फेरि एकता गर्न सकिन्थ्यो । त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनें, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो । कानुनी रूपमा एमाले नाम रह्यो । माओवादी होइन, प्रचण्ड गुट हो ।’

उनले माओवादीमा रहेकालाई पनि एमालेमा आउन आग्रह गरे। प्रचण्डको मोहजालले माओवादीमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिने दाबी गरे। 

ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो । 

‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन।

प्रचण्डले एमालेबाट एक चोइटो मात्रै लगेर जान सकेको ओलीले बताए। 'प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो', उनले भने, 'माओवादी केन्द्र होइन। प्रचण्डको मोहजालमा नपर्नुस्। फर्किनुस्।'

जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको ओलीले बताए। 'धम्क्याउनुपर्यो भने म आगो हुँ नजिक्याऊ भन्ने । मैले पनि दुई बाल्टी पानी हाल्दिउँला भने', उनले भने, 'केको आँटले धम्क्याउन खोजेको हो?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .