राजनीति


मन्त्रिपरिषद् विस्तारबारे देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल जारी

मन्त्रिपरिषद् विस्तारबारे देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल जारी

नेपालखबर
भदौ १३, २०७८ आइतबार १०:५७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकार गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग देउवाले छलफल गरिरहेका हुन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरुको छलफल चलिरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पुष्टि गरेका छन्। 

उनले शीर्ष नेताबीच मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिबारे पनि छलफल भइरहेको नेपालखबरलाई जानकारी दिए।

यसअघि शनिबार पनि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मात्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए। 

प्रचण्डकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहालले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच शनिबार  मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिनेबारे छलफल भएको जानकारी दिएकी थिइन्। 

यो पनि :

डेढ महिनादेखि देउवा आफैँ हाँक्दैछन् २० मन्त्रालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad