राजनीति


अफगान तालिबानले भन्योः पाकिस्तानी तालिबानसँग हाम्रो कुनै सम्बन्ध छैन

अफगान तालिबानले भन्योः पाकिस्तानी तालिबानसँग हाम्रो कुनै सम्बन्ध छैन

नेपालखबर
भदौ १३, २०७८ आइतबार १०:२७, काठमाडौँ

अफगानिस्तानको तालिबानले पाकिस्तानको अतिवादी संगठन तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) सँग आफ्नो कुनै सम्बन्ध नभएको बताएको छ। 

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी समाचार च्यानल जियो न्युजलाई अन्तर्वार्ता दिँदै टीटीपी पाकिस्तानकै मुद्दा भएकाले ऊसँग आफ्नो संगठनको कुनै नाता रहेको दाबी गरेका हुन्। 

जियो न्युजको ‘जिरगा’ कार्यक्रममा पत्रकार सलिम साफीले तालिबान प्रवक्ता मुजाहिदलाई सोधेका थिए, ‘तालिबानले टीटीपीलाई पाकिस्तान सरकारविरुद्ध युद्ध नगर्न भनेको छ?’ 

जवाफमा मुजाहिदले भने, ‘यो लामो बहसको कुरा हो र मेरो विचारमा यो पाकिस्तानको मामिला हो। र, यस विषयमा पाकिस्तानकै जनता, प्रशासन र धर्मगुरुले कुनै निर्णय गर्नुपर्छ, यो हाम्रो सरोकारको विषय होइन।’

उनले अगाडि भने, ‘यो मामिला अफगानिस्तानको होइन, पाकिस्तानसँग सम्बन्धित समस्याको समाधान उसैले निकाल्नुपर्छ।’

यही अगस्ट १५ देखि तालिबानले दोस्रोपटक अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको छ। त्यसयता काबुल विमानस्थलमा दैनिक त्यहाँबाट बाहिरिने अफगान एवं विदेशी नागरिकको ठूलो भीड लागिरहेको छ।

यो पनि :   

काबुल विमानस्थलमा आज फेरि आक्रमण हुने सम्भावना छः बाइडेन   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad