गत शुक्रबारको तुलनामा अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङ १–१ रुपैयाँले सस्तिएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ सय १८ रुपैयाँ ४५ पैसामा खरिद तथा ११९ रुपैयाँ ५ पैसामा एक डलर बिक्री गर्न पाइने थियो तर आइतबारका लागि भने १ रुपैयाँ सस्तिएर एक डलर ११७ रुपैयाँ ६० पैसामा खरिद र एक सय १८ रुपैयाँ २० पैसामा बिक्री गर्न पाइनेछ।
त्यस्तै प्रतिएक युरो पनि आजका लागि १३८ रुपैयाँ २७ पैसामा किन्न र १३८ रुपैयाँ ९७ पैसामा बेच्न सकिने राष्ट्र बैंकले जनाएको छ। शुक्रबार प्रतिएक युरोको खरिद दर १३९ रुपैयाँ ४८ पैसा तथा बिक्री दर १४० रुपैयाँ १९ पैसा रहेको थियो।
यता पाउन्ड स्टर्लिङ पनि एक रुपैयाँ सस्तो भएको छ। शुक्रबार १६२ रुपैयाँ ७४ पैसामा खरिद र १६३ रुपैयाँ ५७ पैसामा बिक्री दर रहेको पाउन्ड प्रतिएक आइतबार १६१ रुपैयाँ २९ पैसामा किन्न र १६२ रुपैयाँ १२ पैसामा बिक्री गर्न सकिनेछ।
भारतीय मुद्रा भने नेपालमा स्थिर विनिमय दरको व्यवस्था भएकाले आजका लागि पनि पुरानै दरमा छ।
कुन मुद्राको खरिद तथा बिक्री दर कति?

Shares

प्रतिक्रिया