राजनीति


अमेरिकालाई तालिबानको आग्रहः सेना फिर्ता लगिसकेपछि पनि कूटनीतिक उपस्थितिचाहिँ यथावत् राख्नू

अमेरिकालाई तालिबानको आग्रहः सेना फिर्ता लगिसकेपछि पनि कूटनीतिक उपस्थितिचाहिँ यथावत् राख्नू

अमेरिकाका राष्ट्रपति जो बाइडेन।


नेपालखबर
भदौ १२, २०७८ शनिबार १४:१३, काठमाडौँ

तालिबानले अमेरिकालाई आफ्ना सेना फिर्ता गर्ने समयसीमा (डेडलाइन) पछि पनि अफगानिस्तानमा आफ्नो कूटनीतिक उपस्थिति जारी राख्न आग्रह गरेको छ।

तालिबानले अफगानिस्तानमा रहेका अमेरिकी सेना यही अगस्ट ३१ भित्र स्वदेश फिर्ता भइसक्नुपर्ने डेडलाइन तोकेको छ भने अमेरिकाले पनि यस समयसीमाभित्र आफ्ना सैनिक फिर्ता लाने भनिरहेको छ।  

अमेरिकी पत्रिका वासिङ्टन पोस्टको रिपोर्टअनुसार तर तालिबानको (कूटनीतिक) प्रस्तावमा अमेरिकाले विचार गरिरहेको छ, निर्णय गरिसकेको छैन। 

यदि अमेरिकाले अफगानिस्तानमा आफ्नो उपस्थिति जारी राख्ने निर्णय गर्यो भने काबुलस्थित अमेरिकी दूतावासले आफ्नो काम सुरु गर्नेछ।  

अमेरिकी विदेश मन्त्रालयले यही अगस्ट १५ का दिन दूतावासका कर्मचारीलाई काबुलस्थित विमानस्थलमा सारिसकेको छ। 

अमेरिकालाई अफगानिस्तानमा कूटनीतिक उपस्थिति कायम राख्न तालिबानले गरेको प्रस्ताव विश्व समुदायबाट आफ्नो सरकारलाई मान्यता दिने प्रयासका रूपमा लिइएको छ। 

रिपोर्टअनुसार काबुल विमानस्थल व्यवस्थापनका विषयमा अमेरिकाले छलफल गरिरहेको छ। यसमा टर्की, तालिबान र निजी क्षेत्रले भूमिका खेल्न सक्छन्।

यही अगस्ट १५ तारिख तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको हो। 

यो पनि :

आईएसआईएस लक्षित अमेरिकी हवाई हमला, काबुल विस्फोटका योजनाकार मारिएको दाबी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .