नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अरुभन्दा धेरै फरक रहेको बताएका छन्।
युवा संघ नेपालको शनिबार ललितपुरस्थित लुभुमा भएको भेलालाई सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।
उनले एमालेमा अनगिन्ती बाआमाहरु रहेको बताउँदै त्यहीकारण अरुभन्दा फरक रहेको पनि जिकिर गरे।
'हो हाम्रोमा बाआमाको संस्कृति छ, हामी आफूभन्दा ठूलालाई सम्मान गर्छौँ। हामीमा त्यो संस्कार छ। कसैले आफूभन्दा ठूलालाई बाभन्दा नाक दुखाइराख्नु पर्दैन', उनले भने, 'एमालेले बाआमा जन्माउँछ तर अरु पार्टीले छोारा छोरी जन्माउलान्। एमालेले एमालेले बाआमा र राजनेताहरु जन्माइरहेको छ।'
उनले एमालेले नेताहरुका नयाँ नयाँ पंक्ति सिर्जना गर्दै जाने पनि बताए। 'केही मानिस चोइटिएर जाँदैमा फरक पर्दैन। एमालेबाट नेताहरुका पंक्ति सिर्जना हुँदै जान्छ', उनले भने, 'जनताले माया गरेको पार्टी हुनेछ एमाले। अरुले सबैको भोट जोड्दा पनि हाम्रो कम्मर कम्मर पनि आइपुग्दैन। हामीले प्रतिस्पर्धा हुन दिने होइन। एमालेको एकातिर र अरुको अर्कातिर हुँदा पनि कम्मर कम्मरमा मात्रै आउँछ।'
Shares

प्रतिक्रिया