तहरीक–ए–तालिबान पाकिस्तानले अफगानिस्तानमा तालिबानले कब्जा गरेकामा उसका नेता, अफगान जिहादी र मुजाहिदीहरूलार्य बधाई दिएको छ।
तहरीक–ए–तालिबानका प्रमुख मुफ्ती नुर वली महसुद (अबु मन्सुर आसिम) ले बधाई विज्ञप्ति जारी गरेका हुन्।
कुरानको एक वाक्यांशबाट सुरु गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जसरी संसारको जीवन परीक्षा र कठिनाइको जीवन हो भन्ने कुरामा मुसलमान विश्वास गर्छन् त्यसरी नै वास्तविकता के पनि हो भने अल्लाहले भनेझैं सांसरिक जीवन आउने जीवनको तयारी हो।’
कुरानको अर्काे वाक्यांश उल्लेख गर्दै अगाडि जिकिर गरिएको छ, ‘वास्तविकता के हो भने सरिया कानुनको दायरामा रहेर इस्लामी शासन लागू गर्नु ठूलो चुनौती हो। तर यो चुनौती पार गर्न सफल हुनुमा अल्लाहको कृपा पनि छ।’
सबै इस्लामीको जित
विज्ञप्तिमा तालिबानका प्रमुख हिब्तुल्लाह अखुन्दजादा, सिराजुद्दिन हक्कानी, मौलवी मुहम्मद याकुब र राजनीतिक कार्यालय प्रमुख मुल्ला बरादरलाई पनि बधाई दिइएको छ।
तहरिक–ए–तालिबानले यो जित ‘सबै इस्लामिक उम्मतको जित’ भएको उल्लेख गर्दै यसैमा भविष्य निर्भर रहेको जनाएको छ।
विज्ञप्ति–

यो पनि–
अफगानिस्तानमा तालिबानको जितप्रति इस्लामिक स्टेट असन्तुष्ट, यसो भन्यो
Shares

प्रतिक्रिया