राजनीति


भूमि आयोग खारेजीविरुद्ध महेश बस्नेतले सुकुम्बासी सडकमा उतार्दै

भूमि आयोग खारेजीविरुद्ध महेश बस्नेतले सुकुम्बासी सडकमा उतार्दै

नेपालखबर
साउन २१, २०७८ बिहिबार १३:७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि नेकपा एमाले नेता महेश बस्नेतको अगुवाइमा युवा संघ सुकुम्बासीसहित बिहीबार प्रदर्शन गर्दैछ।

नेता बस्नेतको अगुवाइमा युवा संघको टोलीसहितले भक्तपुरको मनोहरा बस्तीमा रहेका सुकुम्बासीहरूलाई सडकमा उतार्ने भएको हो। देउवा नेतृत्वको मन्त्रिपरिषद्ले मंगलबार भूमि आयोग खारेज गरिदिएपछि एमाले आक्रोशित भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको आयोगले १ लाख ८३ हजार भूमिहीन, सुकुम्बासी र दलितलाई लालपूर्जा दिन लाग्दै गर्दा खारेजीमा परेपछि एमालेका युवाहरु सुकुम्बासीसहित आन्दोलित भएका हुन्। 


युवा संघ नेपालका इञ्चार्ज बस्नेतले आज दिउँसो ३ बजे मनोहरा बस्तीका सुकुम्बासीको जुलुस निकालेर विरोध तयारी भएको बताएका छन्। उनले सुकुम्बासीलाई लालपूर्जा दिने तयारी भइरहेका बेला देउवा सरकारले खारेज गरिदिएर ठूलो अन्याय गरेको तर्क गरेका छन्। 

ओली नेतृत्वको सरकारले ज्ञवालीको अध्यक्षमा गठन गरेको आयोगले काम गरिरहेका बेला १४ महिनामै खारेजीमा परेको हो। एमालेले आयोग खारेज नगरी पदाधिकारी हटाएको भए सुकुम्बासीमाथि अन्याय नहुने तर्क गरिरहेको छ। 

यसैबीच बुधबार नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर आयोग खारेजीको विरोध गरेका छन्। बुधबार बसेको संसद बैठकमा पनि एमालेका सांसदहरुले आयोग खारेजीलाई लिएर आक्रोश पोखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad