काठमाडौं महानगरपालिका ६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेकाे छ।
गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ भोटेचौर घर भएका ३४ वर्षीय विनोद चौलागाईंलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हाे।
रातिको साढे १ बजेको समयमा उक्त एटीएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
18
Shares

प्रतिक्रिया