राजनीति


एनआरएनए निर्वाचनः ८५ प्रतिशत मत सकिँदा पन्त २५० मतले अगाडि

एनआरएनए निर्वाचनः ८५ प्रतिशत मत सकिँदा पन्त २५० मतले अगाडि

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ४:५३,

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत जारी मतगणना ८५ प्रतिशत सकिएको छ।

८५ प्रतिशत मतगणना सकिँदा अध्यक्षका प्रत्यासी कुमार पन्तको अग्रता कायमै रहेको छ। पन्तले आफ्ना प्रतिद्वन्द्वी कुलप्रसाद आचार्यलाई २५० मतले पछाडि पार्दै अग्रता कायम गरेका हुन्।

संघका महासचिव बद्री केसीका अनुसार बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो। राति अबेरदेखि मात्रै मतगणना शुरु भएको हो।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेकामा नयाँ नेतृत्वका लागि दुई हजार ३४४ मत खसेको थियो। निर्वाचनमा ४२ पदका लागि ७६ प्रतिस्पर्धी रहेका छन्। निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad