राजनीति


समायोजनको गुनासो दर्ता नहुने

समायोजनको गुनासो दर्ता नहुने

नेपालखबर
असोज ३०, २०७६ बिहिबार १२:४०,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनसम्बन्धी त्रुटि भएका, वैध र ल्याब असिष्टेन्टबाहेक अन्यका गुनासो कात्तिक १ गतेदेखि दर्ता नहुने स्पष्ट पारेको छ।

मन्त्रालयका प्रवक्ता तथा गुनासो व्यवस्थापन एवम सहजीकरण समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाका विभिन्न समूह र उपसमूहलाई समायोजनका सम्बन्धमा गुनासो दर्ता गर्न असोज १७ गतेसम्म मात्र समय दिइएकामा हाल निरन्तर गुनासो दर्ता हुन आएको र शुक्रबारदेखि गुनासो दर्ता नहुने जानकारी दिए।

मन्त्रालयले असोज ९ गते सूचना जारी गर्दै समायोजनसम्बन्धी गुनासो असोज १७ गतेसम्म मात्र दर्ता हुने समय सीमा निर्धारण गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad