कला


हलिउड अभिनेत्री जेनिफरको इन्स्टामा नयाँ रेकर्ड, ५ घण्टामा १० लाख, एक दिनमा सवा करोड फलोअर्स

हलिउड अभिनेत्री जेनिफरको इन्स्टामा नयाँ रेकर्ड, ५ घण्टामा १० लाख, एक दिनमा सवा करोड फलोअर्स

नेपालखबर
असोज ३०, २०७६ बिहिबार १२:४६,

हलिउड अभिनेत्री जेनिफर एनिस्टनले सामाजिक सञ्जाल इन्स्टाग्राममा गरेको डेब्यु सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ।

लामो समयदेखि सामाजिक सञ्जालदेखि टाढा रहँदै आएकी जेनिफरले बुधबार इन्स्टाग्राममा पहिलो पोस्ट गरिन्। उनको पहिलो पोस्ट नै भाइरल बन्यो। उनको पहिलो पोस्टले गिनिजबुक अफ वल्र्ड रेकर्ड कायम गर्न सफल भएको।

सबैभन्दा कम समयमा १० लाख फ्लोअर्स बनाउन सफल जेनिफरको एकाउन्ट केही समयका लागि नचल्ने भएको भएको थियो। किनभने उनको पेजमा अत्याधिक फलोअर्स रहेका थिए।

 

यस घटनालाई हेरिरहेकी जेनिफरले अर्को एउटा पोस्ट गरेकी छन्। यो पोस्टमा उनको सिरिज ‘दि मर्निङ शो’को एक सिन रहेको छ, जसमा उनी फ्रस्टेसनमा आएर आफ्नो फोन फ्याँक्दै गरेको देखिएकी छन्।

पहिलो पोस्ट गरेकै पाँच घण्टामा उनका फलोअर्सको संख्या १० लाख पुगेको थियो। अहिले उनका फलोअर्सको संख्या १ करोड १८ लाखभन्दा बढी पुगिसकेका छन्।

उनको पहिलो पोस्टमा फ्रेन्ड्सका अरु व्यक्तित्वहरुलाई पनि देख्न सकिन्छ। जसमा लिजा कुद्रो, कार्टनी कान्क्स, मैट लेब्लान्के, मैथ्यु पेरी र डेबिट स्किब्मररहेका छन्। जेनिफरले यसै पोस्टबाट ५ घण्टा १६ मिनेटमा इन्स्टाग्राममा १० लाख फ्लोअर्स हासिल गरेकी हुन्। यो नै विश्व रेकर्ड बन्न पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad