ग्लोबल


एनआरएनए निर्वाचन एक दिन ढिलो हुँदा दुई सय जना मत नहाली विदेशिए

एनआरएनए निर्वाचन एक दिन ढिलो हुँदा दुई सय जना मत नहाली विदेशिए

नेपालखबर
असोज ३०, २०७६ बिहिबार १२:३८,

गैरआवासीय नेपाली संघ(एनआरएनए)को मंगलबारदेखि सुरु भएको अधिवेशनमा बुधबार निर्वाचन कार्यकालिका थियो।

सोहीअनुसार मतदान पनि सुरु भयो तर इलेक्ट्रिक भोटिङमा मेसिनले काम गरेन। त्यसपछि राति एक्कासि मतदान नै स्थगित गर्नुपर्‍यो। भोलिपल्ट अर्थात् बिहीबार १० बजेपछि मात्रै मतदान पुनः परम्परागत रुपमा सुरु भयो।

एनआरएनए निर्वाचन समितिका अनुसार मतदान भर्खरै सम्पन्न भएको छ। तर मतदानमा भएको गडबडीका कारण दुई सय जनाको हाराहारीमा एनआरएनहरु विदेश फर्किएका छन्। उनीहरु मतदानमा सहभागी नै नभई विदेश फर्किएका हुन्।

बुधबार भोट गर्ने र बिहीबार फर्किने टिकट राखेकोले दुई सय जनाको हाराहारीमा मतदान नगरी फर्किएको उपाध्यक्षका उम्मेदवार अर्जुन कुमार श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार बिहीबार साँझको टिकट रहेकालाई सुरुमै मतदानको व्यवस्था मिलाइएको थियो। तर बिहानैको फ्लाइट रहेकाहरु भने मत नहाली फर्किएको उनले बताए।

nrna chunab 2

करिब २६ सय मतदाता रहेको गैरआवासीय नेपाली संघमा हाल दुई हजार एक सय जनाले मतदान गरेका छन्। केहीबेरमा मतगणना सुरु हुने निर्वाचन समितिले सञ्चारमाध्यमलाई जानकारी गराएका छन्। ८१ मुलुकमा रहेको नेपालीहरु यो सम्मेलनमा सहभागी छन्। ४२ पदका लागि बिहीबार मतदान भएको छ। संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावमा होमिएका छन्। अध्यक्ष पदका उम्मेद्वार आचार्य पश्चिम नेपाल पर्वतका हुन् भने पन्त गोरखाका हुन्। त्यस्तै पन्त प्यानल नेकपानिकट मानिने पन्त समूहबाट पाँच उपाध्यक्षका लागि डा. बद्री केसी, हिक्मत थापा, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ र धर्मराज अधिकारी उम्मेदवार बन्ने भएका छन्।

nrna chunab 3

महिला उपाध्यक्षमा पन्त समूहबाट रसिया निवासी सपिलाराज भण्डारीको उम्मेदवारी रहेको छ। महासचिवमा डा. हेमराज शर्मालाई उम्मेदवार रहेका छन्। आचार्य प्यानलबाट पाँच उपाध्यक्षका लागि डा. केशव पौडेल, मन केसी, नरेन्द्र भाट र रविना थापालाई उम्मेदवार रहेका छन्। यस्तै महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङ, कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिएका छन्।

आज मतदान नै नगरी फर्किएका मतदाता भने दुई प्यानलको हुनसक्ने युरोपका एक डेलिगेट्सले बताए। तर पनि यसको बढी असरचाहिँ कुमार पन्तलाई परेको उनको आँकलन छ। रातिदेखि नै मतदान गर्न नपाउने भएपछि कुमार पन्तसँग बढी मतदाताहरुले गुनासो गरिरहेको देखिन्थ्यो। उक्त डेलिगेट्सले भने, ‘कुमार पन्तलाई उक्त धक्का परेपछि चुनाव पनि थप कडा प्रतिस्पर्धा बनेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad