राजनीति


कांग्रेसलाई सत्ता सुम्पेको भन्दै एमाले नेता शंकर पोखरेलले पोखे आक्रोश

कांग्रेसलाई सत्ता सुम्पेको भन्दै एमाले नेता शंकर पोखरेलले पोखे आक्रोश

नेपालखबर
साउन १०, २०७८ आइतबार १०:११,

नेकपा एमालेका नेता शंकर पोखरेलले जनताले प्रतिपक्षमा रोखेको पार्टी नेपाली कांग्रेसलाई सत्ता सुम्पेको भन्दै गठबन्धनमा आबद्ध अन्य दलका शीर्ष नेताप्रति आक्रोश पोखेका छन्।  

नेकपा माओवादी केन्द्र, आफ्नै पार्टी एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको हो। 

योसँगै यसअघि प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष रहेको कांग्रेसको हातमा सत्ता पुगेको छ भने यसअघि सत्तारूढ एमाले भने प्रतिपक्षको स्थानमा आइपुगेको छ। 

यसै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओलीपक्षीय नेता पोखरेलले नाम नतोके पनि खासगरी प्रचण्ड र आफ्नै वरिष्ठ नेता नेपालविरुद्ध कटाक्ष गरेका हुन सक्छन्।  

पोखरेलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यसो भनेका हुन्, ‘चुनावी घोषणापत्र र जनताबीच गरिएको वाचाकबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकालाई सत्ता सुम्पने ठूला नेताका कुरा नै ठूला!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad