ad ad

समाज


मामा-भान्जाको झगडामा पाँच महिने बालिकाको हत्या

मामा-भान्जाको झगडामा पाँच महिने बालिकाको हत्या

नेपालखबर
साउन १०, २०७८ आइतबार १०:१,

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा पाँच महिने बालिकाको हत्या भएको छ। 

देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा पाँच महिने बालिकाको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गरेका थिए। सो क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए। 

पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले जानकारी दिए। घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिएर कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .