राजनीति


क्युबाको कम्युनिस्ट सरकारविरुद्ध ऐतिहासिक विरोध प्रदर्शन, हजारौंले स्वतन्त्रता र लोकतन्त्रको नारा लगाए

क्युबाको कम्युनिस्ट सरकारविरुद्ध ऐतिहासिक विरोध प्रदर्शन, हजारौंले स्वतन्त्रता र लोकतन्त्रको नारा लगाए

क्युबामा कम्युनिस्ट सरकारविरुद्ध विरोध प्रदर्शन


नेपालखबर
असार २८, २०७८ सोमबार १५:३२,

क्युबाको कम्युनिस्ट सरकारविरद्ध राजधानी हवाना र अन्य शहरमा हजारौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन्।

३० वर्षमा पहिलोपटक कम्युनिस्ट सरकारविरुद्ध यति धेरै व्यक्तिले प्रदर्शन गरेको बताइएको छ। 

प्रदर्शनकारीले स्वतन्त्रता, लोकतन्त्र र कोरोना भ्याक्सिनको माग राख्दै प्रदर्शन गरेको बीबीसीले जनाएको छ।

यतिबेला हवानामा सुरक्षा बलहरु तैनाथ गरिएको छ। त्यहाँबाट झडप र गिरफ्तारीको खबरहरु आएका छन्।

सैन् एन्टोनियो डे लास बानोस शहरका नागरिकले विजुली, खानेपानीको विषयमा पनि असन्तुष्टी जनाएको एएफपीले जनाएको छ।

तर क्युबाका राष्ट्रपती मिगेल डियाज–केनलले सरकारविरद्ध प्रदर्शन हुनुलाई अमेरिकाको योजना ठान्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad