वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानले व्यवस्था गरे अनुसार दायित्व पुरा नगर्ने राष्ट्रपतिलाई सर्वोच्च अदालतले दायित्व सिकाएको बताएका छन्।
सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले राष्ट्रपति पदीय हैसियतबाट गिरेकाले त्यो कुरा सर्वोच्चले सिकाइ दिएको बताएका हुन्।
सर्वोच्चले संविधानको रक्षा गर्दै त्यही विन्दुबाट २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर भनी परमादेश गरेको उनले बताए। उनले शेरबहादुर देउवाको प्रस्ताव संविधानको बलमा रहेको र वर्तमान प्रधानमन्त्री संविधानको बलमा नरहेको टिप्पणी पनि गरे।
अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्च अदालतको आदेश ऐतिहासिक भएको बताए। संसद पुनर्स्थापना सँगै १ सय ४६ जनाको हस्ताक्षर सहित आएको रिट निवेदनमा परमादेश जारी गरिने विषय नेपालको न्यायपालिकालाई विश्व इतिहासले सम्झने गरी आएको टिप्पणी उनले गरे।
सोमबार सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सो निर्णयलाई बदर गर्नुको साथै संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो।
Shares

प्रतिक्रिया