नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारमा केहीबेरअघि सुरु भएको बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका छन्।
सोमबार ब्युँतिएर सोमबार नै बसेको बैठकमा यसअघिका अनौपचारिक बैठकहरुका बारेमा छलफल भएको र मंगलबारदेखि सहमतिको मस्यौदा तयार पार्ने गरि छलफल सुरु हुने स्थायी कमिटी सदस्य गोकर्ण विष्टले बताए।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फरक फरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने बताउँदै आएका छन् भने ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका छन्।
सांसदहरुले हस्ताक्षर फिर्ता लिए प्रतिनिधिसभा पुनर्स्थापित भएको अवस्थामा पनि संसदम आफ्नै पार्टी बलियो हुने र सत्ता तत्काल छोड्नुनपर्ने बुझाइ ओली समूहको छ।
Shares
प्रतिक्रिया